संकटमा मेची क्याम्पसले ३९ जना शिक्षक-कर्मचारीको रोजीरोटी खोस्यो

संकटमा मेची क्याम्पसले ३९ जना शिक्षक-कर्मचारीको रोजीरोटी खोस्यो
+
-

झापा – त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा कार्यरत ३९ जना शिक्षक-कर्मकारीको जागिर संकटमा परेको छ।

क्याम्पसका प्रमुख जीवन पोखरेल क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीप्रति अनुदार भएकाले आफूहरूको रोजीरोटी संकटमा परेको पीडितहरूले बताएका छन्।

३३ जना शिक्षक तथा ६ जना कर्मचारी मारमा परेका छन्।

सरकारको आदेश विपरीत क्याम्पस प्रशासनले करार शिक्षक तथा कर्मचारीलाई व्यवहार गरेको पाइएको हो।

सरकारले लकडाउन भएको अवस्थामा कर्मचारी तथा मजदुरलाई पारिश्रमिक दिन निर्देशन दिए पनि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको कार्यकारिणी समितिले सरकारको आदेश विपरित निर्णय गरेको हो।

क्याम्पस कार्यसमितिले जेठ २७ गते आन्तरिक स्रोतबाट करारमा नियुक्त गरिएका शिक्षक–कर्मचारीको तलब नदिने निर्णय गरेको हो। उक्त निर्णयले मेची क्याम्पसमा कार्यरत करिब ४० जना शिक्षक–कर्मचारी प्रभावित भएका छन्।

कार्यसमितिले करार अवधि थप्ने निर्णय गरे पनि लकडाउन खुलेपछि क्याम्पस सञ्चालन भएसँगै सोही अवधिबाट तलब दिने (काम गरेपछि दाम दिने) निर्णय गरेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष नेत्र प्रसाद नेपालले बताएका छन्।

१४ जना शिक्षकको जेठ २ गते करार अवधि सकिएको छ। तर परिस्थिति सहज भएका बेला जतिसुकै बेला पनि करार अवधि थपिने गरिएको थियो।

पीडित  शिक्षक गायत्री सुवेदीले क्याम्पस प्रशासनले बौद्धिक शोषण भएको बताइन्। उनले भनिन्, ‘यो अवस्थामा क्याम्पस प्रशासनले हामीलाई अन्याय गरेको छ।’

उनीहरूप्रति गरिएको व्यवहारप्रति प्रजातान्त्रिक प्राध्यापकहरूले आपत्ति जनाएका छन् भने प्रगतिशील प्राध्यापकहरूले भने क्याम्पस प्रशासनको बचाव गर्दै आएको छ। क्याम्पस प्रमुख पोखरेल प्रगतिशील प्राध्यापकका प्रतिनिधि हुन्।

मेची बहुमुखी क्याम्पस आन्तरिक स्रोत पनि मजबुद छ। क्याम्पसको नाममा सयौं विघा जमिन झापामै छ। तर अहिले संकटको घडीमा क्याम्पस प्रशासनले अन्यायपूर्ण तरिकाले अस्थायी तथा करारमा रहेका शिक्षक तथा कर्मचारीको रोजीरोटी खोस्ने काम गरेको छ।

क्याम्पस प्रमुख जीवन पोखरेलले आफूले नियमसंगत काम गरेको बताए।

उनले भने, ‘करारको सम्झौता अनुसार तलब खुवाउने निर्णय भएको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?