अमेरिकाका चार शहरबाट नेपालीका लागि उद्धार उडान, भाडा करिब दुई लाख रुपैयाँ

अमेरिकाका चार शहरबाट नेपालीका लागि उद्धार उडान, भाडा करिब दुई लाख रुपैयाँ
+
-

काठमाडौँ – कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले अमेरिकामा रहेका नेपालीहरुलाई नेपाल ल्याउने भएका छन्। विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने सरकारको निर्णयअनुसार अमेरिकाबाट ल्याउने जिम्मा कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले पाएका हुन्। यसअघि नेपाल एयरलाइन्स आफै लिन जानेसमेत चर्चा चलेको थियो।

अमेरिकास्थित नेपाली दुतावासका अनुसार त्यहाँका विभिन्न चार शहरबाट उद्धार उडान हुने छ। टर्किस एयरलाइन्स र कतार एयरलाइन्स दुवैले दुई-दुई उडान गर्नेछन्। कतार एयरलाइन्सले २३ जुनमा वासिङ्टन डिसी र २५ जुनमा डल्लासबाट उडान भर्ने छ। यसैगरि टर्किस एयरलाइन्सले २३ जुनमा न्युयोर्क र २५ जुनमा सिकागोबाट उडान भर्ने छ।

दुई वडा एयरलाइन्सको भाडादर भने फरक रहेको छ। कतारले १५ सय ३७ अमेरिकी डलर अर्थात सोमबारको विदेशी विनिमय दरअनुसार एक लाख ८५ हजार ६ सय ८४  नेपाली रुपैयाँ र टर्किस एयरलाइन्सले १६ सय डलर अर्थात एक लाख ९३ हजार २ सय ९६ नेपाली रुपैयाँ भाडादर तोकेको छ। अमेरिका-नेपालको चार्टर्ड फ्लाइट भाडादरबारे सरकारले यसअघि निर्णय गरेको थिएन।

विदेशमा रहेका अलपत्र नेपालीलाई उद्धार गर्न सरकारले स्वदेशका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई जिम्मा दिएको छ भने केही विदेशी एयरलाइन्सले पनि जिम्मा पाएका छन्। त्यसका लागि सरकारले चार्टर्ड उडानको भाडादर तय गरेको छ। चार्टर्ड उडानको भाडा यात्रु स्वंयले तिर्नुपर्ने छ। सरकारले विदेशबाट नेपालीको उद्धार हुने तालिका र भाडादर प्रकासित गरेपनि तालिकाअनुसार उद्धार हुन सकिरहेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?