भारतको रिपोर्टमा सङ्क्रमण नेगेटिभ, नेपालमा दुईपटक जाँच्दा पोजेटिभ

भारतको रिपोर्टमा सङ्क्रमण नेगेटिभ, नेपालमा दुईपटक जाँच्दा पोजेटिभ
+
-

झापा –  मेची अस्पताल भद्रपुरको सावधानीका कारण सघन उपचार कक्षमा भर्ना भएका भारतको महाराष्ट्रबाट आएका पुरुषको ज्यान बचेको उक्त अस्पतालका चिकित्सकले बताएका छन्।

भारतको पानीट्यांकी नाका हुँदै नेपाल आएका ती पुरुषको काँकरभिट्टामा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। त्यसपछि उनलाई मेची बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो।

स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई मेची अस्पताल भद्रपुर लगिएको थियो। उनको साथमा भारतमा कोरोना भाइरस परीक्षण गरिएको रिपोर्ट भए पनि अस्पतालमा पुनः आरडीटी गरिएको थियो। त्यहाँ पनि रिपोर्ट नेगेटिभ आयो।

तर लक्षण कोरोना भाइरस सङ्क्रमणसंग मिल्दोजुल्दो देखेपछि अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलको टोलीले सघन उपचार कक्षमा भर्ना गरेर पीसीआर परीक्षण गर्नका लागि नमूना पठाइएको थियो।

उक्त परीक्षणमा पनि सङ्क्रमण लगभग छैन भन्ने प्रयोगशालाले मौखिक जानकारी दिएपछि अस्पताललाई विश्वास नलागेर पुनः नमूना पठाइएको डा. कँडेलले बताए।

दोस्रोपटक पठाएको नमूना परीक्षणको रिपोर्टमा सङ्क्रमण पोजिटिभ आएपछि बिरामीलाई सोमबार बेलुका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

मेची अस्पतालका चिकित्सकका अनुसार बिरामीको शरीरमा अक्सिजनको मात्रा पुगरिरहेको थिएन। डा. कँडेल भन्छन्, ‘ती बिरामीलाई आइसियुमा नराखेको भए उनको ज्यान जान सक्थ्यो। शरीरमा अक्सिजन नै पुगेको थिएन।’

उनलाई भारतमा कोरोना भाइरसको सङ्क्रमण नभएर बाटोमा पनि हुनसक्ने चिकित्सकको भनाइ छ।

अहिले उक्त अस्पतालको सघन उपचार कक्ष शील गरिएको छ। त्यहाँ कार्यरत २५ जना भन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन्।

अस्पतालका २ जना फिजिशियन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्स रेका कर्मचारीसहित २५ जना भन्दा बढी क्वारेन्टिनमा बस्नु पर्ने अवस्था आएको मेडिकल सुपरिटेण्डेट डा. पिताम्बर ठाकुरले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?