भ्यु टावर बनाउन जति पनि पैसा दिने, कोरोना महामारी नियन्त्रणका लागि पैसा नदिने? – विश्वप्रकाश शर्मा

भ्यु टावर बनाउन जति पनि पैसा दिने, कोरोना महामारी नियन्त्रणका लागि पैसा नदिने? – विश्वप्रकाश शर्मा
+
-

झापा- भ्यु टावरलगायत अहिलेका लागि अनावश्यक भौतिक पूर्वाधार निर्माणका लागि जति पनि पैसा पठाउने प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका लागि गृह जिल्ला झापामा पैसा नपठाउनु बिडम्बना भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

प्रधानमन्त्री स्वयंको गृह जिल्ला झापामा कोरोना भाइरसका सङ्क्रमितको संख्या बढ्दै जानु र जिल्ला उनीहरूको उपचारका लागि व्यवस्था नगरिनु दुःखद भएको प्रवक्ता शर्माले बताए।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम देशब्यापी कार्यक्रम तथा नेपाली कांग्रेस झापाको जेठ ३२ गतेको निर्णयानुसार कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा जनताको जिउधन र स्वास्थ्य सुरक्षा लगायतका माग राखी झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाइएको कार्यक्रममा प्रवक्ता शर्माले त्यस्तो बताएका हुन्।

नेपाली कांग्रेस प्रवक्ता शर्माको अगुवाईमा, काँग्रेसका केन्द्रीय सदस्यहरू, काँग्रेस झापाका सभापति उद्धब थापासहित कांग्रेसका नेता कार्यकर्ताको टोली मंगलबार जिल्ला प्रशासन कार्यालय झापा पुगेको थियो।

सोही क्रममा शर्माले संकटका बेला देश र जनताको सेवक बन्नु पर्ने सरकारका जिम्मेवार मन्त्रीहरू भ्रष्टाचार र अनियमिततामा लागेकाले काँग्रेस राष्ट्रव्यापी विरोधमा उत्रनु परेको बताए।

संकटको सामना गर्न सरकारलाई काँग्रेसले शालीनता पूर्वक गरेको सहयोगलाई दुरूपयोग गर्दै सरकारी निकाय भ्रष्टाचार र लुटतन्त्र मच्चाउन व्यस्त भएपछि काँग्रेस देशव्यापी विरोधमा ओर्लनु परेको भन्दै प्रवक्ता शर्माले सपना बाँडेर मात्र रोग र भोकबाट बाँच्न नसकिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?