झापाको हल्दीबारीका कुवेतबाट उद्धार गरिएका दुई महिलामा ‘कोरोना पोजिटीभ’, १२५ जना निको भए

झापाको हल्दीबारीका कुवेतबाट उद्धार गरिएका दुई महिलामा ‘कोरोना पोजिटीभ’, १२५ जना निको भए
+
-

झापा- झापाको हल्दीबारीमा बिहीबार दुई जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

कार्यालयका निमित्त प्रमुख इश्वरी पौडेलका अनुसार गत जेठ ३१ गते हल्दीबारीको क्वारेन्टिनमा आएका ती महिलामा सङ्क्रमण पुष्टि भएको हो।

उनीहरू गत जेठ २ गते कुवेतबाट आएका हुन्। असार २ गते उनीहरूको पिसिआर परीक्षणका लागि नमूना लिइएको थियो। बिहीबार आएको रिपोर्टमा उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

यी दुई महिलासंगै झापामा कोरोना भाइरस सङ्क्रमितको संख्या १८२ पुगेको छ।

हालसम्म १२५ जना निको भए, ५७ जना उपचाररत्

हालसम्म झापाका १२५ जना सङ्क्रमित कोरोना भाइरसमुक्त भएका छन्। बिहीबार मात्र झापाका ११ जना कोरोना भाइरस सङ्क्रमित पुरुष डिस्चार्ज भएका छन्।

प्रदेश १ बाट बिहीबार कोरोना संक्रमण निको भएर ४० जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालयमा निर्मित आइसोलेसनबाट ४० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका हुन्।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ लगायतले विदाई गरेका थिए।

हालसम्म झापामा १८२ जनामा सङ्क्रमण पुष्टि भएको छ। अहिले ५७ जना उपचारका क्रममा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?