झापाका दुई तिहाई कोरोना संक्रमित निको भएर घर फर्किए

झापाका दुई तिहाई कोरोना संक्रमित निको भएर घर फर्किए
+
-

झापा– झापाका ७० प्रतिशतभन्दा बढीको संख्यामा कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्किएका छन्।

शनिबारसम्ममा १ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएकोमा १३२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।

१ सय ८४ जना कोरोना भाइरस सङ्क्रमित भेटिएको सुदूरपूर्वी जिल्ला झापाको समुदायमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट जोगिएको सरकारी अधिकारीहरुले बताएका छन्।

सङ्क्रमणको सुरुवातमा दमक नगरपालिकाका एक जना बृद्ध र बाह्रदशी गाउँपालिकाका एकजना मुस्लिम जमातीमा भेटिएको सङ्क्रमण शनिवारसम्म सङ्क्रमितको संख्या बढेर १ सय ८४ पुगेको छ। तर जति सङ्क्रमित भेटिएका छन् सबै भारत तथा तेस्राे मुलुकहरूबाट आएका व्यक्तिहरू हुन्।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार अन्य जिल्लाहरूको तुलनामा झापाको अवस्था राम्रो छ। त्यसमा पनि १ सय ३२ सङ्क्रमित निको भएर घर फर्कनु ठूलै उपलब्धि हो।

प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘अहिलेसम्म समुदायमा सङ्क्रमण फैलन नदिन सबैको प्रयास जारी छ। आजसम्मको परिस्थितिमा जिल्लाको अवस्था अन्यको तुलनामा राम्रो छ।’

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरी पौडेलले झापाको दमकका एकजना बृद्ध बाहेक समुदायका मानिसमा अहिलेसम्म सङ्क्रमण नदेखिएको बताए।

उनले भने, ‘दमकका सङ्क्रमितको सम्पर्कमा आएकाहरु करिब ८० जनालाई परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि त सबै भारत तथा अन्य मुलुकबाट आएका र क्वारेन्टिनमा राखिएका मानिसहरूमा सङ्क्रमण देखिएको छ।’

झापामा सबैभन्दा बढी दक्षिणी गाउँपालिका कचनकवलका १ सय २८ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये पनि १ सय १२ जना निको भएर घर फर्किसकेका छन्।

झापाका ५२ जना सङ्क्रमित अहिले उपचारका क्रममा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?