
संखुवासभा – पहिरोका कारण अरुण नदीको बहावमा अवरोध भएको छ । पहिरोले अरुण नदी आंशिक रुपमा थुनिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिएका छन् ।
आइतबार बिहान साढे ९ बजेपछि मकालु गाउँपालिका–२ तर्फको ओयाङमा पहिरो खसेर नदी आंशिक रुपमा थुनिएको जानकारी आएको उनले बताए ।
यसबारे विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताएका छन् । अहिले नेपाली सेनाको टोली त्यस तर्फ गएको छ । अरुण तेस्रो जल विद्युत परियोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली गएको हो ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अरुण नदी थुनिएर मानव बस्तीलाई असर नगरेको बताए ।