गुल्मीमा पहिरोले पुरेर १८ महिनाका बालकको मृत्यु, अरु २ जना बेपत्ता

गुल्मीमा पहिरोले पुरेर १८ महिनाका बालकको मृत्यु, अरु २ जना बेपत्ता
+
-

बुटवल-गुल्मीको इस्मा गाउँपालिकामा गएको पहिरोमा परी एकजना १८ महिनाका बालकको मृत्यु भएको छ । अरु २ जना बेपत्ता भएका छन् भने पहिरोमा च्यापिएका ४ जना गम्भीर घाइते भएका छन् ।

इस्मा गाउँपालिका १ हस्तिचौरका वसन्त सारुका १८ महिनाका छोरा सिजन सारुको पहिरोले च्यापेर मृत अवस्थामा फेला परेको वडासदस्य जंगबहादुर खत्रीले जानकारी दिए ।

उनकी श्रीमती सिर्जना सारु पहिरोमा पुरिएर गम्भीर घाइते भएकी छिन् । उनी अचेत रहेको खत्रीले बताए । पहिरोमा पुरिएर स्थानीय जंगबहादुर खत्रीकी ७ वर्षकी छोरी अपेक्षा खत्री बेपत्ता भएकी छिन् ।

पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । उनकी श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ । उनको अवस्था गम्भीर रहेको वडा सदस्य खत्रीले जानकारी दिए ।

पहिरोमा परेका खत्रीकी हजुरआमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए । पहिरोले गाउँ–गाउँबीचकै सम्पर्क टुटेको र अरु मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष