गोरीकला हत्या रहस्य

युवती हत्याको आरोपमा प्रहरीसहित तीन पक्राउ

+
-

सुर्खेत-पञ्चपुरी नगरपालिका-३ की १८ वर्षीया गोरीकला रोकायाको हत्याको आरोपमा प्रहरीसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी जवान हरीप्रसाद कोइरालासहित तीन जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार पञ्चपुरी नगरपालिका–८ का लक्ष्मी बास्तोला र खुमप्रसाद बास्तोला पक्राउ गरेका हुन्।

खुमप्रसाद लक्ष्मीका दाइ भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। लक्ष्मी होटल व्यवसायी हुन् भने, खुमप्रसाद बौंद्ध ग्रामिण सहकारी संस्थामा कार्यरत कर्मचारी हुन्।

प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका तीन जना माथि विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए। बिद्याज्योति माध्यामिक विद्यालय बाबियचौरबाट एसईई परीक्षामा सहभागी रोकाय मंगलवार डेरामा मृत भेटिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोरीकलाको हत्या अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ। आरोपित तीन जनाबाट लिइएको प्रारम्भिक बयानका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रहरीसहित तीन

प्रहरीका अनुसार शारीरिक सम्पर्क राख्ने गलत उद्देश्यले ट्राफिक प्रहरी जवान कोइराला र लक्ष्मीले गौरिकलालाई राति करिब साढे १२ बजे मोटरसाइकलमा राखी डेरादेखि दुई सय मिटर चौरतर्फ लगेको अनुसन्धानका क्रममा खुलेको छ।

यौनजन्य अपराधपश्चात डेरामा पुर्‍याउन लैजाने क्रममा गौरीकला मोटरसाइकलबाट लडी घाइते भएको बयान लक्ष्मीले दिएको प्रहरी प्रमुख चतुर्वेदीले बताए। ‘घाईते गोरीकलालाई मोटरसाइकलमा डेरातर्फ लैजाँदै गर्दा लक्ष्मीले मोटरसाईकल रोकी ट्राफिकलाई फोन गरेको र प्रहरीको फोन नलागेपछि खुमप्रसाद (दाइ) लाई फोन गरी बोलाएको बयान क्रममा खुलेको छ’ प्रहरी प्रमुख चतुर्वेदीले भने, ‘गोरीकला अचेत भएपछि दाजुभाईले (खुम र लक्ष्मी) डेरामा लगेर छोडेको लक्ष्मीले बयान दिएका छन्।’

गोरीकला घाईते भएपछि उपचार नगराई गैरजिम्मेबारीपुर्ण तबरले कोठामा अलपत्र छोडेकै कारणले मृत्यु भएको हुनसक्ने आशंका गरिएको प्रमुख चतुर्वेदीले बताए। चतुर्वेदीका अनुसार लक्ष्मीले गोरीकलालाई पटक–पटक भेट्नलाई फोन गरेको कल रेकर्डमा देखिएको छ।

गोरीकलालाई डेरा पुर्‍याउन गएका लक्ष्मीले लगाएको कपडामा र मोटरसाइकलमा समेत रगतको दाग देखिएको उनले बताए। आरोपित तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनासम्बन्धि विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।

गोरीकलालाई डेरा पुर्‍याउन प्रयोग भएको भे.६.प. ३४५१ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल भने कसको नाममा छ भन्ने बारे नखुले पनि लक्ष्मीले नै चलाएको प्रहरीको दावी छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’