
झापा- विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले २०६३ सालमा हत्या गरेको अभियोग लागेका एक जना पुरुषलाई केही दिन अघि पक्राउ गर्यो।
झापाको मेचीनगर नगरपालिका–५ का बौदल लामगादे भनिने पुण्यप्रसाद विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहीबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार भेटघाटको आयोजना गर्दै विकलाई सार्वजनिक गरियो।
पक्राउ परेका विकले झापाकै टाँगनडुब्बाका नत्थु विश्वकर्माको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ।
रक्सीको नशाले मातेका बौदलले कुटपिट गर्दा नत्थु विकको उपचारको क्रममा विराट नर्सिङ होममा २०६३ चैत २५ गते मृत्यु भएको थियो।
प्रहरीले बौदललाई मेचीनगर नगरपालिका–८ स्थित इँटाभट्टा चौकबाट पक्राउ गरेको हो।
उनलाई झापा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी हाल अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
तर झापाकै मेचीनगर नगरपालिकाका बासिन्दा विकलाई यत्रो बर्ष पक्राउ गर्न नसक्नु उनको दुईवटा नाम भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।
उनले नत्थु विश्वकर्माको हत्या गरेपछि उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी पर्यो तर खास नाम उल्लेख भएन।
जाहेरीमा बौदल लामगादे भनेर उल्लेख भएपछि उक्त नाम गरेको व्यक्ति जिल्लामा कतै भेटिएन।
झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइराला भन्छन्, ‘पीडितले जाहेरी दिँदा अभियुक्तको सही नाम उल्लेख नगर्दाको परिणाम हो यो। अभियुक्त यत्रो बर्षसम्म खुल्ला हिँड्न पाए।’
जब जिल्ला प्रहरी कार्यालय झापाले पुराना फरार अभियुक्तका फाइल पल्टाउन थाल्यो अनि पत्ता लगायो लामगादेको सही नाम।
त्यसपछि पूण्यप्रसाद विकलाई पक्राउ गर्नका लागि जिल्ला अदालत झापासंग अनुमति मागियो। अनि विक अहिले पक्राउ परे हत्याको किटानी जाहेरी दिएको १४ बर्षपछि।
हत्या अभियोग लागेका विक विदेशसमेत गएको अनुसन्धानबाट खुलेको एसपी कोइरालाले बताए। नागरिकता र पासपोर्टमा नाम अलग भएपछि सजिलैसंग उनी विदेश उडेका थिए।
कोइरालाका अनुसार जाहेरीको नाम र वास्तविक नाम फरक परेपछि अभियुक्त एक पटक विदेशसमेत गएर आएको कोइरालाको भनाइ छ।
उनले भने, ‘अभियुक्तविरुद्ध जाहेरी दिँदा सही नाम उल्लेख गरेर दिनुपर्छ। नत्र कानुनी दायरामा ल्याउन