
झापा- लगातारको वर्षाका कारण कनकाई नदीमा आएको बाढी बाँध फुटाएर मानव बस्तीमा पसेपछि झापा गाउँपालिकाका एक सय परिवार विस्थापित भएका छन्।
बाढीबाट वडा नं १ मिलनबस्तीका ८० र वडा नं २ सडकबारीका २० परिवार विस्थापित भएका हुन्। विस्थापितहरुलाई स्थानीय सितुमारी प्रावि र लक्ष्मी प्राविमा राखिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए।
कनकाई नदीको बाढी गाउँ पसेपछि दुवै वस्तीका स्थानीयबासीलाई मालसामान र चौपायासहित विद्यालयमा ल्याएर राखिएको उनले बताए।
सशस्त्र प्रहरी , जनपद प्रहरी, रेडक्रसकर्मी, स्थानीयबासी तथा जनप्रतिनिधि उद्धारमा लागेका छन्।