जिउँदो नागका पुजारी

नाग पञ्चमीमा जन्मिए, जिउँदो नागसँगै रमाउँछन्

+
-

झापा-झापा अर्जुनधारा नगरपालिका वार्ड नं ५ का ६७ वर्षीय श्यामकुमार प्रधान नाग पञ्चमीकै दिन जन्मेका हुन्। उनी भगवान शिवका पुजारी पनि हुन्। नाग पञ्चमीको दिन उनी ब्रत बस्छन् र शिवको पूजा गर्छन्।

भन्छन्, ‘म नागको पुजारी हुँ। त्यसैले भगवान शिवको आराधना गर्छु।’

नाग पञ्चमीको दिन हिन्दु धर्म मान्नेहरू प्रायले नागको पूजा गर्छन्। तर तस्बिरका नागको। तर श्यामकुमार प्रधान जिउँदो नागको पूजा गर्छन्।

त्यति मात्र होइन, उनी सर्प संरक्षक पनि हुन्। उनका घरमा सर्प कहिले टुट्दैनन्। कुनै न कुनै ठाउँबाट सर्पलाई उद्धार गरेर ल्याउँछन् र केही समयपछि जंगलमा लगेर छाडिदिन्छन्।

प्रधानको घरमा शुक्रबार दिउँसो पुग्दा घरमै बनाएर राखेको खोरमा दुईवटा सर्प थिए।

दुईवटै विषालु गोमन थिए। एउटा कालो र अर्को सेतो। सानो बट्टामा एउटा सानो सर्प पनि थियो। तर त्यो सर्प कुन प्रजातिको हो भनेर खोजी गर्दै गरेको उनले सुनाए।

प्रधान व्यवसायिक सपेरा चाहिँ होइनन्। तर सजिलैसँग सर्प समाउँछन्।

प्रधानले झापामा पाइने गोमन, करेत, राजासाप लगायत विशालु सर्प समाएर नजिकैको दहिझोडा सामुदायिक वनमा छोड्न थालेको २० वर्ष भयो।

यसबीचमा उनले लगभग करिब डेढसय वटा सर्प जंगलमा छोडेको सुनाए।

कतै सर्प देखापरे तुरुन्त आफूलाई खबर गर्न आग्रह गर्दै उनले भने, ‘फोन आउने बित्तिकै म जति नै व्यस्त भएपनि गएर समाउने गरेको छु।’

उनले सर्प नमार्न सबैसँग आग्रह पनि गरेका छन्।

भन्छन्, ‘सर्प हेर्दा डरलाग्दो र विषालु हुने गरेको भए पनि वातावरणमा यस्को महत्वपूर्ण योगदान छ। सर्प मार्नु हुँदैन।’

बालीनालीमा पाइने हानीकारक किराहरु विषालु सर्पले खाएर वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्‍याउने उनको दाबी छ।

सकेसम्म थाहा भएको र खबर गरेको ठाँउमा सर्प फेला परे उनी गएर समाउने गरेका छन्।

उनको घरदेखि १५ किलोमिटर टाढासम्म गएर सर्प समाएको अनुभव उनीसँग छ। उनले भने, ‘यहाँदेखि सुरुङ्गासम्म गएर सर्प समाएर ल्याएको छु।’

सर्प राख्न उनले घरमै दुईवटा खोर बनाएका छन्।

घरमा राखेका गोमनलाई भ्यागुता र राजासापलाई हरहरे सर्प खानका लागि दिने गरेको उनले सुनाए।

सर्प समाउनु र जंगलमा लगेर छोड्नु आफ्नो सोख भएको बताउँदै उनले भने, ‘मान्छेले लाखौँ रुपैयाँमा कुकुर, खरायो किनेर पाल्छन् त्यो पनि त सोख नै हो, मैले सर्प समाएर उद्धार गरेको छु यो धर्म पनि त हो।’

‘म २००९ साल नाग पञ्चमीको दिन जन्मेको, मलाई देख्ने बित्तिकै सर्प आँफै लाटो हुन्छ, म सँग डराउँछ सर्प अनि लौरोले थिचेर घाँटीमा समाउँछु,’ प्रधानले भने।

प्रायः सर्पसँग खेल्ने गरेको भए पनि उनलाई अहिलेसम्म सर्पले टोकेको छैन।

उनले अहिलेसम्म आफूले देखेजति सर्प मार्न नदिएर झोलामा हालेर घर ल्याएको बताए।

केही वर्ष अघि घुमफिरमा अमेरिका जाँदा उनले सर्प समाउने लौरो ल्याएपछि धेरै सहज भएको प्रधानले सुनाए।

पहिला बाँसको लौरो र हातले समाउने गर्थे।

विद्यार्थी हुँदा डिस्कोभरी, एनिमल प्लानेट जस्ता च्यानलमा सर्प समातेको देखपछि आफूलाई यसमै केन्द्रित गर्न मन लागेको उनले बताए।

तर जंगल मासिँदै गएका कारण समाएका सर्प छोड्न गाह्रो हुन थालेको उनको अनुभव छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?