मेची अस्पताल भद्रपुरमा पिसिआर मेसिन आइपुग्यो, साउन १५ देखि परीक्षण सुरु हुने

मेची अस्पताल भद्रपुरमा पिसिआर मेसिन आइपुग्यो, साउन १५ देखि परीक्षण सुरु हुने
+
-

झापा – मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा साउन १५ गतेदेखि कोरोना भाइरसको आरटी पीसीआर परीक्षण सुरु हुने भएको छ।

स्वीस सरकारले आरटि पिसिआर मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको परीक्षण मेची अस्पताल भद्रपुरमै सुरु हुने भएको हो।

यस अघि झापामा संकलन गरिएका स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानविराटनगरको कोशी अस्पताल तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पुर्याउनु पर्थ्यो।

प्रदेश सरकारले शुक्रबार मात्र झापाका प्रदेश सांसदहरूलाई मेसिन हस्तान्तरण गरेको थियो। मेसिन अस्पताल आइपुगेपछि जडान कार्य सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ।

उक्त अस्पतालले प्रयोगशालामा काम गर्नका लागि ४ जना जनशक्ति तयारी अवस्थामा राखेको र दुईजनाका लागि आवेदन आह्वान गर्ने जनाएको छ।

अस्पतालका मेडिकल सपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार ती जनशक्तिलाई परीक्षणको तालिमका लागि विराटनगर पठाइने छ।

उनले भने, ‘मेसिनका लागि एउटा सानो सामान काठमाडौँबाट आउँदैछ। त्यो आइपुग्ने वितिक्कै परीक्षण सुरु भइहाल्छ।

अस्पतालमा स्थापना गरिने कोरोना भाइरस संक्रमण परीक्षण कक्षको झापाका प्रदेश सांसदहरुले शनिबार अनुगमन गरेका छन्।

सांसदहरु बसन्त बानियाँझकसिंह दर्लामीओम सरावगीएकराज कार्कीपूर्णसिंह राजवंशीभद्रपुरका मेयर जीवनकुमार श्रेष्ठउपमेयर चन्द्रा श्रेष्ठ लगायतले अनुगमन गरेका हुन्।

अस्पताललाई प्राप्त मेसिनबाट एक पटकमा ९० वटा स्वाव नमूनाको परिक्षण गर्न सकिने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?