
सिमकोट – हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँपालिकामा पहिरोका कारण तीन दिनयता पौने दुई करोड भन्दा बढीको क्षति भएको छ।
तीन दिनदेखि लगातार भएको वर्षाका कारण पहिरो जाँदा अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षति भएको हो।
प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद सुबेदीले जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा धेरै क्षति पुगेको बताए।
पछिल्लो पटक भएको वर्षासँगैको बाढीले अदानचुलीको मकै खेतीमा सबै भन्दा बढी क्षति गरेको छ। केही घरहरुमा पनि क्षति पुगेको छ।
यस्तै चार स्थानमा रहेका सिँचाइ कुलो समेत बाढीले बगाएको छ । पहिरोले वडा १ र ३ मा रहेका खानेपानीका धारा समेत बगाएको छ ।