
सी. पी. खनाल
साउन १३, २०७७

अ
+
अ
अ
-
बुटवल – पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका १ अर्सेनीमा आफ्नै खेतमा आएको बाढी तर्काउन गएका २९ वर्षीय दिनेश अर्यालको मृत्यु भएको हो।
सडकबाट आएको बाढी खेतमा जान थालेपछि तर्काउने क्रममा बाढीले बगाएर उनको मृत्यु भएको हो।
सोमबार राती ३ बजे खेतमा पसेको बाढी तर्काउन गएका उनको शव पुरिएको अवस्थामा फेला परेको हो।

