
बुटवल-पाल्पामा १३औ दिनको पूण्यतिथिमा प्रसाद खाएका २१ जना बिरामी परेका छन्।
रामपुर नगरपालिका ७ मोहटीका ओम बहादुर सुनारको निधन भएको १३औं दिनको पुण्यतिथिको अवसरमा खीर खाएका आफन्तसहित मोहटी र कठान गाउँका बासिन्दा बिरामी भएको रामपुर अस्पताल पाल्पाले जनाएको छ।
अहिले मोहटी, कठान क्षेत्रका करिब २९ जना स्थानीय उपचारको लागि रामपुर अस्पताल आएको रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिए।
बिरामीमा टाउँको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने लगायतको समस्या देखिएको अस्पतालका सूचना अधिकारी कोइरालाले बताए।
रामपुर अस्पतालमा उपचार भएका २९ जना मध्ये १३ जनालाई थप उपचारको लागि तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको छ भने १६ जनाको रामपुर अस्पतालमै उपचार भइरहेको छ। रेफर गरेकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
बिरामीमध्ये ८ जना पुरुष, २१ जना महिला छन् भने ३ जना १४ वर्षमुनिका बालबालिका रहेका छन्। बिरामीले बताएअनुसार उनीहरुले खीरसँग तरकारी र अचार खाएका थिए।