
झापा– ‘एसएमएस’ अभियानका लागि बिहीबार झापाको विर्तामोडमा प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सडकमा निस्केका छन्।
उनीहरू सोसियल डिस्ट्यान्सिङ, मास्क तथा स्यानिटाइजर ‘एसएमएस’को उचित प्रयोगका बारेमा चेतना फैलाउन भन्दै सडकमा निस्केका हुन्।
इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडको अगुवाइमा यातायात मजदुर, व्यवसायी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले भीडभाड रहने क्षेत्रमा एसएमएसबारे जानकारी गराएका थिए।
मास्क नलगाउनेहरूलाई मास्क वितरण गर्नुका साथै आइन्दा नलगाएको खण्डा संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चितावनी दिइएको थियो।
अभियानका क्रममा पाँच सय मास्क वितरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।