बल्ल बैधानिकता पाउने भयो समुदायद्वारा निर्मित झापाको पीसीआर प्रयोगशालाले

बल्ल बैधानिकता पाउने भयो समुदायद्वारा निर्मित झापाको पीसीआर प्रयोगशालाले
+
-

झापा- विगत लामो समयदेखि बैधानिकताको गाँठोमा अड्केर बसेको झापाको माइ नदी किनारमा बनेको कोरोना भाइरस परीक्षणको आरटि पिसिआर ल्याबले बैधानिकता पाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले मेची अस्पताल भद्रपुरले सञ्चालनको सम्पूर्ण जिम्मा लिनेगरिको व्यवस्था भए प्रयोगशाला सञ्चालनको अनुमति दिन मिल्ने बताए।

उनले भने, ‘झापामा मेची अस्पताललाई दिने भनेको हो। अर्को संस्थालाई सञ्चालनका लागि अनुमति दिन मिल्दैन। मेची अस्पतालले जिम्मा लिँदा अनुमति दिन गाह्रो छैन।’

एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउने ल्याब मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालनमा ल्याउने भएको छ।

मन्त्रालयले मेची अस्पतालले सञ्चालन गर्ने भए अनुमति दिन मिल्ने बताएपछि मंगलबार सरोकारवालाहरूको बैठकले उक्त अस्पतालले प्रयोगशाला सञ्चालन गर्नेगरि सम्झौता भएको छ।

बैठकमा ल्याबका खटिने कर्मचारीको तलब भत्तालगायत खर्च कनकाई नगरपालिकाले व्यहोर्ने निर्णय भएको छ।

ल्याब स्थापनाका लागि एकका लागि एक अभियानलाई ४२ वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५/२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन्।

विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन्। ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरिसकेको छ। झापामा मेची अस्पताल भद्रपुरमा पनि पिसिआर ल्याब सञ्चालनमा आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष