प्रदेश–५ मा २४ घण्टामा ३६ जनामा कोरोना संक्रमण

प्रदेश–५ मा २४ घण्टामा ३६ जनामा कोरोना संक्रमण
+
-

बुटवल– प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ का ५ जिल्लामा ३६ जना संक्रमित फेला परेका हुन्।

उनीहरुमध्ये अधिकांश समुदायस्तरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका हुन्। केही समुदायस्तरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा फेला परेका हुन्।

प्रदेश ५ का कपिलवस्तु र बाँकेका समान १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जन स्वास्थ्य प्रशाशक डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।

बुधबार ३६ जना थपिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ। प्रदेश ५ मा बुधबारसम्म ३ सय ४० जना संक्रमित विभिन्न कोरोना अस्पतालहरुमा उपचाररत छन्। प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना भाइरसका संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ। हाल प्रदेशभर १ हजार ३ सय ८९ जना क्वारेन्टिनमा रहेका छन्।

प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलन गरिएको थ्रोट स्वाब मध्ये ९८ प्रतिशत परीक्षण भैसकेको र अझै २ प्रतिशत परीक्षण गर्न बाँकी रहेको डा. चौधरीले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष