बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु
+
-

बुटवल-कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ।

कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

मृत्यु हुनेमध्ये एकजना कपिलवस्तु तौलिहवाका हुन् भने अर्का व्यक्ति कृष्णननगरका हुन्।

कोरोनाको लक्षण देखिएर २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा सोही दिन नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

सोही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

अर्का कपिलवस्तुकै २५ वर्षिय युवा हिजो मंगलबार उपचारका लागि अस्पताल आएका थिए।

‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राती स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको छ’–बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न डा. सुदर्शन थापाले जानकारी दिए।

उनको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि पठाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष