झापाको मेचीनगर नगरपालिकामा एक साताका लागि लकडाउन

झापाको मेचीनगर नगरपालिकामा एक साताका लागि लकडाउन
+
-

झापा- समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि झापाको पूर्वी सीमाको मेचीनगर नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ।

बुधबार रातिदेखि भदौ ३ गतेसम्मका लागि मेचीनगर नगरपालिकाले लकडाउन घोषणा गरेको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ।

नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, सेवा, शिक्षण संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल बन्द रहनेछन्।

मेचीनगर भित्र अत्यावश्यक र मालवाहक बाहेकका सबै सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको नगरप्रमुख बिमल आचार्यले जानकारी दिए।

धार्मिक, सांस्कृतिक र अन्य मृत्यु संस्कार लगायतका कार्यमा भीडभाड नगर्ने र मलामीमा अधिकतम २५ जनामात्र सहभागी हुन पाउनेसमेत नगरपालिकाले निर्णय गरेको छ।

डेरी, खाद्यान्न तथा सागसब्जी पसल बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन पाइने नगरपालिकाले जनाएको छ।

अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्वन्धित क्षेत्रहरु पूर्ण स्वास्थ्य सुरक्षा बिधि अपनाएर नियमित रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष