बुटवलमा ३० मिनेटमै कोभिड १९ परीक्षण !

बुटवलमा ३० मिनेटमै कोभिड १९ परीक्षण !
+
-

बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० मिनेटमै कोभिड १९ को परीक्षण गर्न सकिने द्रूत परीक्षण सेवा शुरु भएको छ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका बिरामीमा भर्नापश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्तो सेवा शुरु गरिएको हो। नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ-टु परीक्षण सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

द्रूत परीक्षण सेवाको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुक्रबार मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा सुरु गरे।सामान्य पिसिआर परीक्षणको समावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने उनले बताए।

सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्‍यवस्थापक निम बहादुर सिंहले यो विधि निक्‍कै प्रभावकारी र गुणस्तर भएको दाबी गरे।कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को शंकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुदा यो धेरै प्रभावकारी भएको बताए।

अस्पतालका अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले अस्पतालमा धेरै सेवाहरु वृद्धि गरिएको बताए। भौतिक संरचनादेखि सेवा बिस्तारमा आफुले जोड दिएको उनले दाबी गरे। कोभिड १९ फोकल पर्सन डा. सुदर्शन थापाले कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको भन्दै सर्तक र सुरक्षित रहनुपर्ने बताए।

अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआइभी संक्रमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिइने बताए।अन्य मेशिनको तुलनामा यसले छिटो रिर्पोट दिने हुँदा प्रभावकारी भएको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष