
झापा– झापाको दमक नगरपालिकाले पनि आज राति १२ बजेदेखि सात दिन लकडाउन गर्ने घोषणा गरेको छ।
दमकमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिवार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
लकडाउनका बेला सबै प्रकारका पसल तथा ब्यवसायहरु बन्द गरिने नगरपालिका उपप्रमुख गीता अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाले घोषणा गरेको लकडाउनमा विहान २ घण्टा डेरी खोल्न दिने, औषधि पसल भने २४ घण्टा खोल्न पाइनेछ। तरकारी तथा अन्य खाद्य सामाग्रीका पसल तथा होटलहरु पनि पूर्ण रुपमा बन्द रहने छन्।
पास जारी भएका तथा अत्यावश्यकीय सवारीसाधन बाहेक कुनै पनि सवारी साधन कुद्न नदिइने जनाइएको छ।
संक्रमण रोक्नका लागि नगरपालिकाले सबै नगरबासीलाई अत्यावश्यकीय काम बाहेक घर बाहिर ननिस्कन तथा हिडडुल नगर्न आग्रह गरेको छ।