चुनावपछि माओवादी नेताहरु पहिलो गम्भीर बैठकमा

चुनावपछि माओवादी नेताहरु पहिलो गम्भीर बैठकमा
+
-

काठमाडौँ- निर्वाचनपछि पहिलोपटक बाम गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष सहितका नेताहरु निर्वाचनको समिक्षा र आगामी रणनीतिबारे छलफल गर्न एकै ठाउँमा भेला भएका छन्।

केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा दाहालसहित केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, गिरिराजमणि पोखरेल लगायत उपस्थित छन्। बैठकमा सहभागी नेता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो राजनीतिक परिस्थिति, नेकपा एमालेसँगको एकता, नयाँ सरकार गठनबारे उत्पन्न विवाद, आगामी रणनीतिलगायत एजेण्डामा छलफल भइरहेको छ।

माओवादी नेताहरु छलफलमा सहभागी हुँदै। तस्बिर: देशसञ्चार।

निर्वाचनपछि पहिलोपटक बैठक बसेकाले लामोसम्म चल्न सक्ने श्रेष्ठले बताए। बैैठकअघि निर्वाचित भएपछि पहिलोपटक कार्यालय पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

बामगठबन्धनले चुनावमा सुविधाजनक मत प्राप्त गरेपछि आइतबार पहिलोपटक राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै शेरबहादुर देउवाको सरकारलाई सत्ता हस्तान्तरणको माग गरेको थियो। सरकार गठन गरेपछि मात्रै राष्ट्रियसभा गठन गर्ने अडान बाम गठबन्धनको छ। प्रधानमन्त्री देउवाले भने राष्ट्रियसभा अध्यादेश स्वीकृत भएपछि गठन भएरमात्रै राजिनामा दिने बताउँदै आएका छन् ।

बैठकमा व्यस्त माओवादी नेताहरु। तस्बिर: देशसञ्चार।

यो पनि हेर्नुहोस्:

समानुपातिकमा एमाले–कांग्रेस हाराहारी, माओवादी धेरै पछाडि

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?