प्रदेश–५ का रुपन्देही, अर्घाखाँची र प्यूठानमा लकडाउन

प्रदेश–५ का रुपन्देही, अर्घाखाँची र प्यूठानमा लकडाउन
+
-

बुटवल– प्रदेश ५ का रुपन्देही, अर्घाखाँची र प्यूठान जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन गरिएको छ।

स्थानीय प्रशासनले आउँदै गरेको तीजमा हुनसक्ने सार्वजनिक कार्यक्रमका कारण थप जोखिम निम्तिन सक्ने ठहर गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन्।

जिल्लाभित्रका आन्तरिक यातायातलाई कडाई गरेपनि राजमार्गहरुमा चल्ने गाडीलाई भने नरोक्ने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।

रुपन्देहीमा मंगलबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि जिल्ला लकडाउन गरिएको छ।

रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गएका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले जिल्ला लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने गरी भदौ ७ गतेसम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

अर्घाखाँचीमा भदौ ३ गते बिहान ६ बजेदेखि भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

लकडाउनको समयमा अर्घाखाँचीमा औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दुध र इन्धनलगायतका अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन्। सो अवधिमा सर्वसाधारण घरबाट बाहिर निस्किन नपाउने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।

प्यूठानमा मंगलवार राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।

अत्यावश्यक यातायातका साधन र क्षेत्रबाहेक सबै बन्द गर्ने निर्णय भएको उनले बताए। सो अवधिमा कसैले नियम पालना नगरेमा कारबाही गर्ने र बन्द गर्न भनिएका क्षेत्र खुला गरेमा शिल गर्नेसम्मको अधिकार दिइएको उनले बताए।

प्रदेश ५ को तीब्र संक्रमण देखिएको कपिलवस्तुमा निषेधाज्ञा जारी छ भने बाँके, बर्दिया, दाङलगायतका जिल्लामा पनि कडाई गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष