रुपन्देहीमा बुधबार ३८ जना कोरोना संक्रमित थपिए, सबैभन्दा धेरै बुटवलमा

रुपन्देहीमा बुधबार ३८ जना कोरोना संक्रमित थपिए, सबैभन्दा धेरै बुटवलमा
+
-

बुटवल– रुपन्देहीमा बुधबार ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ सय ९६ पुगेको छ।

बुधबार रुपन्देहीका ७ पालिकाका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। त्यसमध्ये २ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एक जना नेपाल बैक मणिग्रामकी कर्मचारीमा पनि संक्रमण भएको छ।

शाहका अनुसार बुटवल उपमहानगरपालिकाका २० जना, सिद्धार्थनगरका ६ जना, तिलोत्तमाका १, सैनामैनाका १, सियारी ३, देवदहका २ र शुद्धोधनका ५ जनामा संक्रमण देखिएको छ।

रुपन्देहीमा सबैभन्दा धेरै संक्रमित बुटवलमा छन्। बुटवलमा संक्रमितको संख्या १३१ पुगेको छ।

सिद्धार्थनगरमा ७६, तिलोत्तमा नगरपालिकाका ७३, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ६१, सैनामैनाका ४४, सम्मरीमाईका २७, गैडहवाका २६, कोटहीमाईका २६, कञ्चनका २५, देवदहका २४, मायादेवीका १९, सियारीका २१, मर्चवारीका १५, शुद्धोधनका १६, रोहिणीका ८, ओमसतियाका ४ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।

संक्रमित मध्ये २५४ जना उपचाररत रहेको, ३४१ जना निको भएको र १ जनाको मृत्यु भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष