कोरोना संक्रमितले भरिए बुटवलको विशेष अस्पतालका सबै आइसीयुहरु

कोरोना संक्रमितले भरिए बुटवलको विशेष अस्पतालका सबै आइसीयुहरु
+
-

बुटवल– लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका आइसीयु बेड लक्षणसहितका कोरोना भाइरसका संक्रमितले भरिएका छन्।

अस्पतालमा १६ वटा बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामी छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

‘थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि बेड छैन’, कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले भने, ‘संक्रमण बढ्दो छ हामीसँग बेड छैनन्।’

१६ जनामध्ये दुई जनाको भेन्टिलेटरमा राखेर उपचार जारी छ। उनीहरुको अवस्था ‘क्रिटिकल’ रहेको थापाले बताए। उनीहरुमध्ये एकजना रुपन्देहीका र अर्का एकजना कपिलवस्तुका हुन्।

आइसीयुमा उपचाररत ६ जनाको अवस्था पनि गम्भीर छ। ८ जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको उनले बताए। ती बिरामीहरुमा ज्वरो, निमोनिया, रुघाखोकी, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका छन्। अरु २१ जना संक्रमितको जनरल वार्डमा राखेर उपचार भइरहेको छ।

बुटवलमा बेड भरिएपछि बुटवलभन्दा बाहिर दाङ, बाँके र रुपन्देहीकै भैरहवामा बिरामीहरु भर्ना गर्ने तयारी प्रदेश सरकारले गरेको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले सम्भव भएसम्म आइसीयु बेड थप गर्ने र थप बिरामी बढ्दै गए अन्यत्र लैजाने बताए। तत्काल गम्भीर प्रकृतिका बिरामी आए नेपालगञ्ज र दाङ लैजाने उनले बताए।

प्रदेश ५ सरकारले बुटवल धागो कारखानासहित दाङ, बाँके र भैरहवामा आईसीयु कक्ष बनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भीम अस्पताल भैरहवामा पाँच, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १० र केन्द्रीय संस्कृत विद्या पीठ बेलझुण्डी दाङमा पनि १० वटा आईसीयु बेड छन्।

बाँके र दाङका आइसीयु कक्ष खाली छन् भने भैरहवाको भीम अस्पतालमा जनशक्ति अभाव छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष