कोरोना संक्रमणबाट कपिलवस्तुमा पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट कपिलवस्तुमा पत्रकारको मृत्यु
+
-

बुटवल– कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुमा एक जना पत्रकारको मृत्यु भएको छ।

तीन दशकदेखि कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले जानकारी दिए।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन्। थापाका अनुसार मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए।

उनका दुई छोरा कोरोना संक्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसिरहेका थिए। कोरोना संक्रमणको आशंका लागेर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशीक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन। उनका दुई छोराले पीपीइ लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष