प्रचण्डलाई भेटेपछि विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन ओली सहमत

प्रचण्डलाई भेटेपछि विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन ओली सहमत
+
-

काठमाडौँ – लामो अड्कलबाजीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई दोहोर्‍याउन सहमत भएका छन्।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेपछि ओली त्यस्तो निर्णयमा पुगेका हुन्।

शुक्रबारको स्थायी कमिटि बैठक लगत्तै कुलमानलाई प्राधिकरणमा दोहोर्‍याउने सहमति ओली र प्रचण्डबिच भएको थियो । त्यस लगत्तै ओलीले लाइन मिनिस्टर वर्षमान पुनलाई बालुवाटार बोलाएर कुलमानलाई दोहोर्‍याउने गरी प्रस्ताव मन्त्रीपरिषदमा ल्याउन निर्देशन दिएका हुन्।

शुक्रबार अबेर प्रधानमन्त्रीबाट त्यस्तो निर्देशन पाएपछि उर्जा मन्त्री पुनले प्रस्ताव तयार पारेर आगामी मन्त्रीपरिषद बैठकमा पेश गर्ने तयारी गरेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

उनले भने, ‘मन्त्रालयले घिसिङको पुनर्नियुक्तिका लागि प्रस्ताव तयार पारेको छ । आइतबार या सोमबार बस्ने मन्त्रीपरिषद बैठकमा अनुमोदनका लागि पठाउने छ ।’

घिसिङ्गको चार वर्षे कार्यकाल भदौ २९ गते सकिँदै छ । उनले आफ्नो कार्यकालमा लोडसेडिङ्गको समस्यालाई हटाएर प्राधिकरणलाई नाफामा ल्याएका छन् ।

कुलमानलाई निरन्तरता नदिने अडानमा ओली रहे पनि प्रचण्डको दबाबका कारण ओली बाध्य भएको पार्टी स्रोत बताउँछ । कुलमानलाई नै निरन्तरता दिनु पर्ने भन्दै सामाजिक सञ्जालमा अभियान पनि चलेको थियो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष