कपिलवस्तुमा खोलामा बेपत्ता भएका दुईजनामध्ये १ जनाको शव फेला

कपिलवस्तुमा खोलामा बेपत्ता भएका दुईजनामध्ये १ जनाको शव फेला
+
-

बुटवल-कपिलवस्तुमा विद्युत प्राधिकरणका कर्मचारी चढेको जीप बगाउँदा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ।

बुधबार बेलुका विद्युत् प्राधिकरणको बा १ ञ १०८९ नम्बरको जीप बगाउँदा १ जनाको मृत्यु भएको थियो भने २ जना बेपत्ता भएका थिए।

बिहानैदेखि खोजीमा जुटेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव फेला पारेको हो। उनी सर्वसाधारण हुन्।

शशष्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालका अनुसार क्षेत्रीको शव वाणगंगा वडा नम्बर ६ सुठौलीस्थित खोला किनारमा फेला परेको हो।

बेपत्तामध्ये विद्युत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेल मृत अवस्थामा गाडीमा अड्किएको देखिएपनि क्रेनले गाडी तान्नेक्रममा बाढीले शव बगाएको प्रहरीले जनाएको छ।

बुधबार वाणगङ्गा नगरपालिकाको कोइली खोलामा बाढीले नेपाल गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको थियो।

वाणगङ्गा– ९ भलवाडमा विद्युत् ट्रान्सफर्मर मर्मत गरेर फर्किने क्रममा जीपलाई बाढीले बगाएको थियो।

सो जीपमा विद्युत प्राधिकरणका चार जना कर्मचारी र दुई जना सर्वसाधारण सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष