प्रदेश-५ को नाम लुम्बिनी, राजधानी देउखुरी क्षेत्र !

प्रदेश-५ को नाम लुम्बिनी, राजधानी देउखुरी क्षेत्र !
+
-

बुटवल– प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ।

प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन्।

उनले प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जनाएका छन्। प्रदेश सभाको आगामी बैठक १९ गते मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ।

प्रदेश ५ को स्थायी राजधानीबारे लामो समयदेखि बहस र छलफल हुँदै आएपनि सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मौखिक सहमति जनाएपछि प्रदेश सरकारले सभामा प्रस्ताव पेश गरेको हो।

सरकारले पेश गरेको प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने असहमति जनाएको छ। कांग्रेस सांसद फखरुद्धिन खानले सरकारले छलफल र सहमति बिना नै प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाएका थिए।

उनको आपत्तिपछि सभामुख घर्तीले आगामी बैठकमा यसबारे छलफल हुने र सचिवालयमा नाम टिपाउनका लागि सांसदहरुलाई आग्रह गरेका थिए।

‘दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गर्दछु’, केसीले प्रस्ताव गर्दै भने।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष