बुटवलबाट राजधानी सार्ने प्रस्तावको विरोधमा आन्दोलन, सरकारी गाडीमा तोडफोड

बुटवलबाट राजधानी सार्ने प्रस्तावको विरोधमा आन्दोलन, सरकारी गाडीमा तोडफोड
+
-

बुटवल– प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ। बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ।

बुटवलमा सरकारी गाडीमा पनि तोडफोड भएको छ। प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले प्रदर्शन गर्दै बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ।

सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी र लु १ झ ४४९ नं गाडीमा तोडफोड भएको छ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेविसंघले आन्दोलन सुरु गरेको बताए।

रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन्।

राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देहीले थाल्यो आन्दोलन


प्रदेश ५ सरकारले शुक्रबारको संसद बैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउँदै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।

उक्त प्रस्ताव संसदमा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाएको पार्टी सभापति अब्दुल रज्जाकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै उनले नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट राजधानी सार्ने प्रयासको विरुद्धमा सडक र सदन तताउने बताएका छन्।

कांग्रेसले राजधानी सार्ने प्रस्तावको विरुद्धमा एकजुट भएर प्रदर्शन गर्न र राजधानी सार्ने प्रयासलाई रोक्न रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई अपील गरेको छ।

बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ। साथै कांग्रेसले आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष