देशले संघीयता धान्‍न गाह्रो छ-मोहन वैद्य

देशले संघीयता धान्‍न गाह्रो छ-मोहन वैद्य
+
-

विर्तामोड-नेकपा क्रान्तिकारी माओवादीका महासचिब मोहन बैद्यले शासक बर्गको अहिलेको शैलीले मुलुकले संघीयता धान्‍न नसक्ने बताएका छन्।

सोमबार विर्तामोडमा सञ्चारकर्मी माझ उनले तलब भत्ता लगायतको सुविधा मोहका कारण मुलुकले संघीयता धान्न नसक्ने अवस्था आउन लागेको बताए।

संविधान जारी हुन लागेको समयमा आइएनजिओका नाममा बिदेशी हस्तक्षेप भएको आरोप उनले लगाए।‘विदेशीले गिजोलेर संविधान कमजोर बनाए’, वैद्यले भने, ‘हामीले परिकल्पना गरे अनुसारको संविधान नबनेकाले मुलुकले यस प्रकारको संघीयता थेग्न नसक्ने अवस्था आउन लागेको हो।’

संविधान जारी हुन लागेको समयमा जात, रंग, बर्ण र बर्गका नाममा उकास्नेगरी भएको बिदेशी हस्तक्षेपले संघीयता टिक्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

बर्तमान सरकारले बिकास र समृद्धिलाई प्रमुख नारा बनाएको भएपनि त्यसका लागि ‘माखो नमारेको’ आरोप उनको थियो। उनले समृद्धिका लागि प्राकृतिक र मानवीय श्रोत साधनको उपयोग गर्ने नीति आउनुपर्ने बताए।

सरकारले जलश्रोत उपयोग र युवा जनशक्ति परिचालन गर्नेतर्फ चासो नदेखाएको आरोप उनले लगाए। रोजगारीका अवसर श्रृजना गर्नुपर्ने समयमा सरकार अलमलिइरेको टिप्पणी उनले गरे।

माओवादी केन्द्र र एमालेबीच एकता हुने ठोकुवा उनले गरे।‘एकताको प्रमुख आधार बिचार हो, त्यो मिलिसकेको देखिन्छ,’ वैद्यले भने, ‘अब देखिएको सांगठनिक समस्या मात्र हो, त्यो मिल्ने सम्भावना धेरै छ।’ क्रान्तिकारी माओवादी एमाले र माओवादी केन्द्रसँगको एकतामा नजाने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?