भारतीय नागरिक बस्दै आएको फ्ल्याटबाट साढे २२ किलो सुन प्रहरीको नियन्त्रणमा

भारतीय नागरिक बस्दै आएको फ्ल्याटबाट साढे २२ किलो सुन प्रहरीको नियन्त्रणमा
+
-

वीरगञ्ज– भारतीय नागरिक बस्दै आएको अपार्टमेन्टको फ्ल्याटबाट पर्सा प्रहरीले अवैध सुन बरामद गरेको छ। वीरगञ्ज–५ रेशमकोठीस्थित एक अपार्टमेन्टमा छापा मारी प्रहरीले २२ किलो ५७६ ग्राम अवैध सुन बरामद गरेको हो।

रेशमकोटीमा रहेको श्रीगणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा बस्दै आएका भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको फ्ल्याटबाट उक्त परिमाणको अवैध सुन प्रहरीले बरामद गरेको हो।

सुनचाँदी लुकाइछिपाइ राखिएको सूचनाको अधारमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले फ्ल्याटमा शनिबार दिउँसो छापा मारेको थियो। त्यस क्रममा सुन जस्तो देखिने धातुको बिस्कुट १ केजीको दरले १३ वटा, ४६ पिसमा रहेको ८ किलो ५७६ ग्राम, बिस्कुट आकारमा १०० ग्रामको दरले १० पिसमा रहेको १ किलो, विभिन्न गर–गहानाहरु ६८१ ग्राम गरी जम्मा २२ किलो ५७६ ग्राम सुन जस्तो देखिने धातु बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

साथै चाँदीको गर–गहाना तथा थाल लगायत भाँडा गरी २ किलो २६२ ग्राम चाँदीसमेत बरामद गरिएको उनले बताए।बरामद गरिएको सुनचाँदीको बारेमा थप अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?