
बुटवल – बुटवलमा एक कोरोना संक्रमित पुरुषको अस्पतालमा बेड नपाएर मृत्यु भएकाे छ।
गम्भीर अवस्थामा अस्पताल पुर्याइएका उनको बेड नपाउँदा उपचार अभावमा मृत्यु भएको हो।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ती पुरुषलाई शनिबार प्रादेशिक अस्पताल र कोभिड विशेष अस्पताल लगिएको थियो।
तर दुवै अस्पतालमा बेड नपाएपछि उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले आइसियू कक्ष भरिभराउ भएपछि नयाँ आउने संक्रमितकाे उपचारमा समस्या भइरहेको बताए।
उनले भने, ‘१७ शैया रहेको आइसियू भरिभराउ छ, नयाँ संक्रमितलाई राख्न सकिएको छैन।’
उनले शनिबार मृत्यु भएका बिरामीलाई उपचारका लागि आइसियूमा भर्ना गर्न नसकिएको कुरा सत्य रहेकाे बताए।
‘शैया नै नभएपछि भर्ना गर्न सकेनौँ’, उनले भने।
बिरामीका एक आफन्तका अनुसार बेड खाली हुने आशामा अस्पतालमै रहेका बेला उनको मृत्यु भएको हो।