मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत!

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत!
+
-

काठमाडौँ-आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजंग शाहलाई निलम्बन गरि प्रमुख सचेतक बनाएका सिता नेपालीले डाकेको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

नेपालीले शुक्रबार बिहान ११ बजे डाकेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा १९ जना सांसद उभिएको बैठकमा सहभागी नेकपा प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार अविश्वासको प्रस्तावको विपक्षमा अर्थात शाहीको समर्थनमा पूर्वमाओवादीका ११ जना र पूर्वएमालेका ८ जना सांसद उभिएका थिए।

अविश्वासको प्रस्ताव दर्ता गर्ने ओली पक्षका ११ जना भने बैठकमा अनुपस्थित रहेका थिए। मतदान अघि अविश्वासको प्रस्तावमाथि छलफल गरिएको र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

बैठक बस्नु भन्दा केहीबेर अघि नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री शाहीलाई आफ्ना पक्षका गुलावजंग शाहीलाई प्रमुख सचेतकबाट निलम्बन गर्ने निर्णय फिर्ताका लागि आफू एक्लैले हस्ताक्षर गरी लिखित निर्देशन दिएको पत्र सार्वजनिक भएको थियो।

त्यसबारे आफूहरुलाई जानकारी नआएको चन्द्रबहादुर शाहीको भनाई छ। बैठक अझै जारी रहेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष