राष्ट्रिय विपत्तिमा अफवाहको बाक्लै तुवाँलो लाग्यो: प्रधानमन्त्री ओली

राष्ट्रिय विपत्तिमा अफवाहको बाक्लै तुवाँलो लाग्यो: प्रधानमन्त्री ओली
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गरेको र त्यसबाट नागरिकलाई अझ पीडा हुने गरेको बताएका छन्।

बडादशैँको अवसरमा शुक्रबार देशबासीका नाममा संवोधन गरेका प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्।

उनले भने, ‘गत वर्ष चैत ११ गते पहिलोचोटी लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभित र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरु चलेका छन्। सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् या अहिले एकैदिन ५ हजार भन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ।’

तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहरु क्रमशः फाटेका उनको भनाइ छ। उनले भने, ‘जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर शुन्य दशमलव ६ प्रतिशत भन्दा माथि जान सकेको छैन। निको हुने दर क्रमशः बढ्दै छ।’

उनले सरकारले सक्ने आफैँ बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको बताए।

उनले भने,‘महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ। हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ। सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष