नेपालको सार्वभौमिकताबिरुद्ध अभिव्यक्ति दिने भारतीय सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधि नदिन विप्लवको चेतावनी

नेपालको सार्वभौमिकताबिरुद्ध अभिव्यक्ति दिने भारतीय सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधि नदिन विप्लवको चेतावनी
+
-

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आम नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न, कोरोनाका नाममा कमिशनतन्त्र र व्यापारीकरण बन्द गर्न र भ्रष्टचारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

यस्तै उसले भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर्न, कालापानीबाट भारतीय सेना फिर्ता गर्न र नेपाली सार्वभौकिताको सम्मान गर्न मागसमेत सरकारसँग माग गरेको छ।

बुधबार एक बक्तव्य जारी गर्दै उक्त पार्टीेले सरकारले कोरानाका शंकास्पद बिरामी सबैलाई निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको हो।

यस्तै कोरोनाबाहेकका अन्य बिरामीहरुको उपचारमा भइरहेको लापरवाही तत्काल बन्द गर्न चेतावनीसमेत विप्लव माओवादीले दिएको छ।

उसले भनेको छ,‘कोरोनाको कहर कतिपय पहुँचवालाहरुका लागि भने कमाउधन्दा बनिरहेको छ। कोरोनाका नाममा कमिसन र व्यापारीकरण चलिरहेको छ। उनीहरुलाई कारबाहीको सट्टा सरकार आफैँ भ्रष्टाचार र कमिसनमा व्यस्त छ। हामी कोरोना सम्बन्धित र अन्य सम्पूर्ण भ्रष्टाचारमा संलग्नहरुलाई गम्भीर चेतावनी दिन चाहन्छौँ।’

पार्टीले नेपाली भूभाग भारतीय नियन्त्रणमा रहेको विषयमा सिंगो राष्ट्र तथा विश्वभरका नेपाली जनताको संघर्ष र दबाबसहित सरकारबाट नयाँ नक्सा प्रस्तुतिमा सीमित भएको र यस विषयमा सरकारले कुनै थप पहल गर्न नसकिरहेको बताएको छ।

र, हालै भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीलगायत विभिन्न नेताहरुसँग गोप्य भेटले राष्ट्रियाताबारे थप आशंका पैदा गरेको उसको भनाइ छ।

यसैबीच केही समयअघि मात्र राजनीतिक र कुटनीतिक मर्यादासमेत नाघेर नेपालको सीमा र सार्वभौमिकताबिरुद्ध अभिव्यक्ति दिने व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ वा अपमान? भन्दै प्रश्नसमेत सोधेको छ।

नेपाली राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा, अतिक्रमित नेपाली भूमि फिर्ताका लागि थप राजनीतिक, कूटनीतिक पहल र अन्तर्राष्ट्रियकरणका निम्ति विश्वभरिका नेपालीलाई उसले आग्रह समेत गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष