नेकपा विवाद उत्कर्षमा पुगेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै भेला

नेकपा विवाद उत्कर्षमा पुगेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै भेला
+
-

काठमाडौँ- नेकपाको विवाद उत्कर्षमा पुगेपछि खुमलटार र बालुवाटारमा छुटछुट्टै भेला गर्ने क्रमले पनि तीव्रता पाएको छ।

दसैँलगत्तै विवादका केन्द्र नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आआफ्ना गुटसँगको छलफल सुरु गरेका थिए।

ओलीले आफ्ना गुटसँग बालुवाटारमा एक चरण छलफल गरेपछि चार जना आफ्ना विश्वासपात्रलाई दिन बिराएर प्रचण्डलाई फकाउन खुमलटारसमेत पठाएका थिए।

अध्यक्ष दाहालले भने आफ्ना समूहका माधव नेपाललाई दुई पटक खुमलटार बोलाएका थिए भने अन्यसँग फोनमार्फत नै सल्लाह लिइरहेकोमा आज आइतबार आफ्ना समूहका सबै नेताहरुलाई खुमलटारमा बोलाएका छन्।

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आज गर्ने भनिएको आफनो मन्त्रिपरिषद् बिस्तार गर्न असफल भएलगत्तै प्रचण्ड, नेपाल, अर्का नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरु खुमलटार बसेको प्रचण्ड निकट एक नेताले बताए।

यता ओलीले पनि हिजो शनिबार प्रचण्डसँग अपेक्षा अनुसार छलफल अघि नबढेलगत्तै आफ्ना गुटसँग छलफल गरेका थिए।

उनले हिजै पोखरा पुगेका गण्डगीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पुन काठमाडौँ आउन निर्देशनसमेत दिएका छन्।

ओलीका विश्वासपात्र लुम्बिीनीका मुख्यमन्त्री शंकर पोखरेल करिब एक सातादेखि काठमाडौँमै छन्।

यो पनि पढ्नुहोस्

नेकपा एकता गम्भीर संकटमाः महासचिव पौडेल

नेकपा एकता गम्भीर संकटमाः महासचिव पौडेल

दबाब बढेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट मुख्यमन्त्री शाही पछि हटे

दबाब बढेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट मुख्यमन्त्री शाही पछि हटे

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष