मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेका निरञ्जन तिवारी पक्राउ

मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेका निरञ्जन तिवारी पक्राउ
+
-

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले चौरसियाको हत्यामा संलग्न भएको आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल का ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो । तिवारीलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

तिवारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पन्तले बताइन् । कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका ५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबिच भएको विवादमा झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए ।

उनको कात्तिक ७ गते वीरगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।

चौरसियाको हत्यामा संलगन रहेको आरोपमा ८ दिनपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना विरुद्ध गएको बिहीबार कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

१२ जना मध्ये हालसम्म प्रहरीले तिवारीसहित देवा सहनी, हनिफ मिया र सोकदिन गद्दी गरी चारजनालाई मात्रै पक्राउ गरेको छ । अरु ८ जना भने फरार छन् । सहनी, मिया र गद्दीलाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?