प्रचण्डलाई ओलीकाे फोनः ‘ पहिले तपाईँ र म सहमति गरौँ’

प्रचण्डलाई ओलीकाे फोनः ‘ पहिले तपाईँ र म सहमति गरौँ’
+
-

काठमाडौँ – ओली र प्रचण्डबीच हिजो सोमबार टेलिफोनमा वार्ता भएको खुलेको छ।

वार्तामा प्रचण्डले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटी बैठक आयोजना गराउने भन्ने प्रस्ताव गरे पनि ओलीले अस्विकार गरेका छन्।

स्थायी कमिटी सदस्य एवम् प्रचण्ड निकट नेता देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीसमेत रहेका ओलीले पहिले तपाईं र म सहमति गरौँ त्यसपछि कमिटी बैठक आयोजना गरौँला भन्ने जवाफ दिएको भन्ने आफूले जानकारी पाएको देश सञ्चारलाई बताए।

ओलीले तपाईँ र म पहिले वार्ता गरौँ भनेपछि प्रचण्डले कमिटी बैठक नै उपयुुक्त हुने भन्दै संवाद टुग्याएका थिए।

अस्ति प्रचण्डकै नेतृत्वमा खुमलटारमा भएको ओलीविरुद्धको भेलाले सचिवालय बैठकका लागि ओलीसँग माग गर्न प्रचण्डलाई दबाब दिएको थियो।

तर प्रचण्डले ओलीले पार्टी फुटाउन चाहेको बताएपछि नेताहरु झस्किएका थिए।

त्यसको भोलिपल्ट हिजो ओली र प्रचण्डबीच टेलिफोन सम्पर्क भएको हो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष