नेकपा विवादमा राष्ट्रपतिको अस्वाभाविक चासो, बामदेवलाई पार्टी एकता रक्षा गर्न आग्रह

नेकपा विवादमा राष्ट्रपतिको अस्वाभाविक चासो, बामदेवलाई पार्टी एकता रक्षा गर्न आग्रह
+
-

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवादलाई लिएर फेरि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वाभाविक चासो राखेकी छिन्।

नेकपा स्रोतका अनुसार राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरणमा महत्वपूर्ण मानिएका उपाध्यक्ष वामदेव गौतमलाई मङ्लबार अपराह्न बोलाएर विवादबारे जानकारी लिएकी छिन्। गौतमसँग उनले लामो छलफल गरेको स्रोत बताउँछ।

यसअघि पनि राष्ट्रपतिको भण्डारीको नेकपा विवाद संघारमा पुगेका बेला चासो राख्ने मात्रै होइन, मिलाउनसमेत अहम् भूमिका खेल्दै आएकी थिइन्।

स्रोतले भन्यो, ‘उपाध्यक्ष गौतमलाई पार्टी एकताको रक्षाका लागि राष्ट्रपतिले आग्रह गरेको बुझिएको छ। राष्ट्रपति भण्डारीले उपाध्यक्षलाई एकताका आधारहरुबारे पनि स्मरण गराउनु भएको छ।’

गत साउन ३ गते नेकपामा मङ्सिरमै महाधिवेशन गर्ने विषयमा लिएर उत्पन्न विवाद समाधानमा पनि राष्ट्रपति भण्डारीले नै भूमिका खेलेकी थिइन्।

यस्तै गत मङ्सिर ४ गते ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद साम्या पारी उनीहरुबीच सहमति गराउने काममा पनि राष्ट्रपतिले सक्रिय भूमिका खेलेकी थिइन्।

गत भदौ २५ गतेको स्थायी कमिटी निर्णयहरु उल्लंघन गरेको भन्दै ओलीविरुद्ध प्रचण्डको नेतृत्वमा आइतबार मात्रै समिकरण निर्माण भएको थियो। जहाँ नेता गौतम पनि सामेल थिए।

गौतमले ओलीले आफूलाई पनि धोखा दिएकाले अब उनको विकल्प खोज्नु पर्ने भन्दै ओलीविरुद्धको समिकरण निर्माणका लागि नेताहरुलाई हौँस्याएका थिए।

उनले आफूले पनि यो समिकरणलाई धोखा नदिने भन्दै प्रतिवद्धता जनाएको पर्सिपल्ट उनलाई राष्ट्रपति भण्डारीले अस्वाभाविकरुपमा शितलनिवास बोलाएकी हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष