सिलिगुढीमा उपचाररत मेचीनगरका प्रमुख आचार्यको पीसीआर रिपोर्ट नेगेटिभ, एक सातामा डिस्चार्ज हुने सम्भावना

सिलिगुढीमा उपचाररत मेचीनगरका प्रमुख आचार्यको पीसीआर रिपोर्ट नेगेटिभ, एक सातामा डिस्चार्ज हुने सम्भावना
+
-

झापा – भारतको सिलीगुडीस्थित किन्स अस्पतालमा उपचारका लागि भर्ना भएका मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

उनको केही दिन अघि मात्र पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब नमूना संकलन गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो।

उनको छातीको सिटीस्क्यान समेत गरिएको र त्यसको रिपोर्टमा पनि संक्रमण कम देखिएको र क्रमशः सुधार आएको अस्पतालले जनाएको छ।

अशोज २८ गते झापाको कन्काई नगरपालिकास्थित कन्काई पीसीआर प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ आएको थियो। त्यसलगत्तै नगरप्रमुख आचार्य व्यवस्थितरूपमा होम आइसोलेसनमा बसेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए।

तर उनको थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले कात्तिक ४ गते विराटनगरस्थित नोवल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

विराटनगरमा सोचे अनुसार स्वास्थ्यमा सुधार नआएपछि एकसातासम्म नोवल मेडिकल कलेजमा राखेर कात्तिक ११ गते पश्चिम बंगालको सिलीगुडीस्थित हिलकार्ट रोडमा रहेको किन्स अस्पतालमा उपचारकालागि भर्ना गरिएको नगरप्रमसख आचार्य पत्नी गीता प्रसाईं आचार्यले जानकारी दिइन्।

मंगलबार मेचीनगर नगरपालिका वडानम्वर ४ का वडाध्यक्ष नवीन वराल, नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती स्थानीय प्रशासन प्रमुखसहितको टोलीले अस्पताल पुगेर नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?