प्रचण्डलाई नेम्वाङको प्रश्नः ‘अबदेखि बालुवाटार छिर्दिनँ भन्नुभएको होर?

प्रचण्डलाई नेम्वाङको प्रश्नः ‘अबदेखि बालुवाटार छिर्दिनँ भन्नुभएको होर?
+
-

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गर्न शुक्रबार सचिवालयका आफ्ना समूहका सदस्यहरुको अनौपचारिक बैठक डाकेका छन्।

प्रचण्डले शुक्रबार दिउँसो उनीहरुलाई पार्टी कार्यालय धुम्बाराहीमा डाकेको जानकारी आफूलाई दिएको नेकपा नेता सुवास नेम्वाङले देशसञ्चारलाई बताएका छन्।

नेम्वाङ केहीबेर अघि प्रचण्ड र ओलीलाई मिलाउन खुमलटार पुगेका थिए। नेम्वाङले सबैभन्दा पहिले ‘हिजो तपाईँले वार्ताका लागि बालुवाटार अबदेखि छिर्दिनँ भन्नु भएको थियो र? भन्दै प्रश्न गरेको सुनाए।

जबाफमा प्रचण्डले आफूले त्यस्तो नभनेको बताएको नेम्वाङको दाबी छ। ‘ म बालुवाटार जान छोड्दिनँ तर पहिले साथीभाइसँग तपाईँ र मबीच आज भएका संवादबारे छलफल गर्छु र सम्भव भएसम्म भोलि नै बालुवाटार आउँछु,’प्रचण्डको भनाई उद्धृत गर्दै नेम्वाङले भने।

यस्तै नेम्वाङले छुट्टाछुट्टै भेला र बैठक बेठिक भएको र पछिल्लो स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्दै एकतावद्ध हुनुको विकल्प नभएको भन्दै प्रचण्डलाई मनाउने कोशिस गरेको बताए।

त्यसको जबाफमा अध्यक्ष प्रचण्डले पार्टीलाई एक बनाउनुको विकल्प नभएको तर केही समस्या देखिएकाले त्यो समाधानका लागि समय लाग्न सक्ने बताएका थिए।

ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा भएको छलफलमा झन भनाभन भएको सूचनाहरु आएका छन्। छलफलमा ओलीले प्रचण्डलाई गुटबन्दी बनाउँदै हिँडेको आरोप लगाएका थिए भने प्रचण्डले पनि बाहिर आफूलाई एउटा आरोप लगाउने अनि ‘जबज’का पक्षमा उभिन नेताहरुलाई निर्देशन दिँदै हिडेको आरोप लगाएका थिए।

यता प्रचण्डले भने उत्पन्न समस्या समाधानका लागि बैठक डाकौँ भन्दा आफ्नो राजीनामा मागेको भन्दै बाहिर भ्रम सिर्जना गरेर राम्रो नगरेको ओलीलाई भनेका थिए। विवादकाबीच पाँच दिनपछि ओली र प्रचण्डले हिजो छलफल गरेका थिए।

त्यसअघि ओलीले मन्त्रिपरिषद् बैठकमा मुलुकमा राजनीतिक संकट आउने संकेत देखा परेको र त्यसको सामनाका लागि तयार रहन मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी खुमलटार र कोटेश्वरले गरिरहेको तर त्यो परास्त गरेर छोड्ने दाबी गरेका थिए। राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद सुरु भएको थियो।

हाल आएर ओली र प्रचण्ड आफ्ना पक्षमा बहुमत सिद्ध गर्ने दौडमा व्यस्त छन्। ओली पक्षले यस्तै अवस्था जारी रहे ‘जबज’का पक्षमा उभिएर अलग हुनुपर्ने भन्दै आफ्ना नेताहरुलाई गोप्य निर्देशन दिइसकेका छन्।

प्रचण्ड र अर्का पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भने एकताका बेला भएको सहमतिबिपरित ओली पक्षले ‘जबज’को वकालत गरेको भन्दै आपत्ति जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष