प्रचण्डले बोलाएको सचिवालयको बैठक सकियो, औपचारिक बैठक डाक्न ओलीलाई लिखित अनुरोध गरिने

प्रचण्डले बोलाएको सचिवालयको बैठक सकियो, औपचारिक बैठक डाक्न ओलीलाई लिखित अनुरोध गरिने
+
-
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा शुक्रबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ। धुम्बाराहीमा बसेको बैठक पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएका थिए।
औपचारिक सचिवालय बैठक बोलाउन आग्रह गर्दा ओलीले त्यसो गरिए पार्टी फुटको अन्तिम बिन्दु हुने चेतावनी दिएकोबारे बैठकमा सहभागीलाई जानकारी गराएको नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम सहभागी थिए।  महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल भने बैठकमा सहभागी भएनन्।
बादल पछिल्लोपटक खुमलटारमा भएको ओलीविरुद्धको भेलामा भने सामेल थिए। यसअघि प्रचण्डले बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेटघाट गरी सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए। शुक्रबारको बैठकले सचिवालयको औपचारिक बैठक बोलाउन ओलीलाई संयुक्तरुपमा लिखित अनुरोध गरिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए।
दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष