पार्टी फुटिसक्यो, औपचारिक घोषणामात्र बाँकी: प्रधानमन्त्री ओली

पार्टी फुटिसक्यो, औपचारिक घोषणामात्र बाँकी: प्रधानमन्त्री ओली
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटिसकेको तर त्यसको औपचारिक घोषणा गर्नमात्र बाँकी रहेको आफूसँग बताएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक सचिवालय बैठकमा बताएका छन्।

आफूसँग बिहीबार बालुवाटारमा भएको भेटका प्रसंगमा ओलीलाई उद्धृत गर्दै दाहालले बैठकमा भने, ‘पार्टी अलगअलग भइसकेको छ। औपचारिक घोषणा गर्न मात्र बाँकी हो। तपाईँले सकेको तपाईँले गर्नुस्। मैले सकेको म गर्छु।’

प्रधानमन्त्री ओलीले अब नेकपा बल प्रयोगको अवस्थामा पुगेको र बल प्रयोग गरेर जसले जित्छ उसैले जित्ने बताएको पनि दाहालले जानकारी गराए।

‘तपाईँ बेग्लै गुट भेला गर्नुहुन्छ। म बेग्लै गुट भेला गर्छु,’ दाहालसँग ओलीले भने।

जवाफमा दाहालले बैठक बोलाएर छलफल गर्न ओलीसँग आग्रह गरेका थिए। दाहालले भनेका थिए- ‘त्यसो नभन्नुस्, बैठक बोलाउँ। छलफल गरौँ।’

ओलीले भने बैठक नबोलाउन चेतावनी दिँदै बैठक बोलाएकै समयमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दाहाललाई दिएका थिए। ओलीकै सुझावअनुसार दाहालले शुक्रबार अनौपचारिक पार्टी बैठक डाकेका हुन्।

अनौपचारिक सचिवालय बैठकमा पाँचै जनाले सचिवालय बैठक बोलाउन संयुक्त रुपमा ओलीसँग लिखित रुपमा अनुरोध गर्ने निर्णय गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष