केन्द्रीय सचिवालय बैठक डाक्न ओली असहमत

केन्द्रीय सचिवालय बैठक डाक्न ओली असहमत
+
-

काठमाडौँ – असन्तुष्ट समूहले नेकपा केन्द्रीय सचिवालय बैठक सहमतिमा आइतबार या सोमबार डाक्न गरेको आग्रहबारे अध्यक्ष केपी शर्मा ओलीले कुनै निष्कर्ष नदिएको बुझिएको छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम ओलीलाई केन्द्रीय सचिवालय बैठक डाक्न सहमत हुन लिखित पत्रसहित अनुरोध गर्न शनिबार बालुवाटार गएका थिए।

तर ओलीले त्यसबारे कुनै निष्कर्ष नदिएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताए।

उनले आफूहरुले सकेसम्म छिटो भोलि या पर्सीसम्ममा बैठक डाक्न सहमत हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको जानकारी दिए।

बैठकका लागि प्रचण्डले ओलीलाई पटक–पटक आग्रह गर्दै आएका थिए।

तर ओलीले केन्द्रीय सचिवालय बैठक डाकेमा त्यसैदिन पार्टी फुटको घोषणा आफूबाट हुने चेतावनी प्रचण्डलाई दिइसकेका छन् ।

श्रेष्ठले कोरोना महामारी, त्यसले उत्पन्न गराएको संकट, पार्टी स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन प्रक्रिया र पछिल्लो पटक पार्टीमा देखिएको समस्याबारे छलफल गर्नका लागि बैठक बोलाउनु पर्नेमा जोड दिएको बताए।

तर ओलीले नमानेमा के गर्ने भन्नेबारे अहिले नै आफूहरुले नसोचेको उनको भनाई छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष