
काठमाडौँ – नेकपा अध्यक्ष केपी शर्मा ओली र विघटित कार्यदलका सदस्यहरुबीच छलफल अहिले केहीबेरमा सुरु हुँदैछ।
प्रधानमन्त्री ओलीले पार्टीमा विवाद चर्किएपछि यसअघि गत असारमा उत्पन्न विवाद सुल्झाउन गठित कार्यदलका सदस्यहरु छलफलका लागि ओलीसँग समय माग गरेका हुन्।
साउन ३० गते गठित कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा भदौ २६ गतेको स्थायी कमिटि बैठकले ओली र प्रचण्डको कार्यविभाजन र कार्यअधिकार छुट्याउनुका साथै अन्य थुप्रै निर्णयहरु गरेको थियो।
तर सोही कमिटी बैठकको निर्णय कार्यान्वयलाई विवाद उत्पन्न भएपछिकार्यदलका सदस्यहरु छलफलका लागि ओलीसँग समय माग गरेका हुन्।
कार्यदलमा ओलीका तर्फबाट शंकर पोखरेल र विष्णु पौडेल छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भिम रावल र सुरेन्द्र पाण्डे छन्।
यस्तै प्रचण्डका तर्फबाट कार्यदलमा रहेका जनार्दशन शर्मा र पम्फा भुसाल भएकोमा शर्मा आइसोलेसनमा रहेको र भुसालको कार्यव्यस्तताका कारण उनी बालुवाटार गएकी छैनन्।