आइपिएलमा दिल्लीले नपत्याएका सन्दीप: के अब उनले ब्याटिङ सुधार गर्नुपर्छ?

आइपिएलमा दिल्लीले नपत्याएका सन्दीप: के अब उनले ब्याटिङ सुधार गर्नुपर्छ?
+
-

काठमाडौँ- सुरुका दुई सिजनजस्तो रहेन इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेट सन्दीपलाई यसपटक। भलै, दिल्ली क्यापिटल्सले ऐतिहासिकरुपमा फाइनल यात्रा तय गरेको छ।

नेपाली यी स्पीनरले यूएईमा जारी आइपिएलको यो सिजन एक खेल पनि खेल्न पाएका छैनन्। क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा शानदार प्रदर्शन गरेर उतैबाट यूएई पुगेका सन्दीपले किन अवसर पाएनन् भन्नेबारे बुझ्न आइपिएलका खेलमा एक टोलीले अधिकतम उतार्न पाउने विदेशी खेलाडीको संख्या र दिल्लीमा हाल रहेका खेलाडीको स्तर बुझ्न आवश्यक छ।

आइपिएलमा कुनै पनि टोलीले एक खेलमा अधिकतम चार जना विदेशी खेलाडी उतार्न पाउँछन्। बाँकी ७ खेलाडी स्वदेशी हुन्छन्। यसपटक दिल्लीमा वेस्ट इन्डिजका सिमरन हेटमेयर र किमो पल, इङ्ल्यान्डका जेसन रोय र एलेक्स कारे, अस्ट्रेलियाका मार्कस स्टोइनिस र ड्यानियल साम्स तथा दक्षिण अफ्रिकाका एनरिच नोर्त्या र कागिसो रबडा रहेका छन्।

यीमध्ये स्टोइनिस, नोर्त्या र रबडाले नियमितजसो प्लेइङ-११ मा ठाउँ बनाए। बाँकी एक कोटामा धेरैजसो हेटमेयर उत्रिए। केही खेलमा कारे र साम्सले ठाउँ लिए। तर सन्दीपले ठाउँ पाएनन्। सन्दीप स्पीन बलिङ स्पेसलिष्ट भएकाले बलरहरुमध्ये उनले ठाउँ बनाउनु पर्थ्यो।

प्राय खेलमा हरेक टोलीका कम्तीमा ६ जना बलरले बलिङ गरेका छन्। तीमध्ये दुई तीन जना बलर अलराउन्डर देखिन्छन् अर्थात आवश्यक पर्दा ब्याटिङ गर्न पनि सक्छन् परिस्थिति अनुकुल हुनेगरि। दुई भारतीय स्पीनर अक्सर पटेल र रविचन्द्रन आश्विन नियमितजसो टोलीमा छन्। अक्सरले राम्रो ब्याटिङ गरिरहेका छन्। आश्विन पनि आवश्यक पर्दा ठूला प्रहार (छक्का र चौका) गर्न सक्छन्। यस्तो अवस्थामा दिल्लीले आवश्यक पर्दा राम्रो ब्याटिङ गर्न सक्ने र ठूला प्रहार गर्न सक्ने विदेशी स्पीनरलाई मात्र मौका दिन सक्ने अवस्था थियो।

विदेशी खेलाडीका रुपमा दिल्लीमा रहेका हेटमेयर र स्टोइनिस अलराउन्डर हुन्। रबडा र नोर्त्याको स्तरका फास्ट बलर दिल्लीमा अरु छैनन् वा उनीहरु दुवैले लगातार उत्कृष्ट प्रदर्शन गरे। त्यसैले उनीहरु लगातार प्लेइङ सेटमा रहे। सन्दीपको समस्या उनी ठूला प्रहार गर्न सक्दैनन्। चार जना मात्र विदेशी खेलाडीहरुलाई उतार्न पाउने हुँदा र २ सय भन्दा बढी रनको लक्ष्य बनिरहेको अवस्थामा सन्दीप कुनै पनि अवस्थामा विकल्प देखिएनन्।

जस्तो की, आइतबार भएको दोस्रो क्वालिफायर हेरौँ। पहिलो क्वालिफायरमा साविक विजेता मुम्बई इन्डियन्ससँग कमजोर ब्याटिङले हार ब्यहोरेपछि दिल्लीलाई ब्याटिङ सुधार गर्ने चुनौती थियो। त्यस खेलमा विदेशी खेलाडीका रुपमा तीन जना फास्ट बलर रबडा, नोर्त्या र साम्स तथा अलराउण्डर स्टोइनिसले खेलेका थिए।

तर सनराइजर्स हैदराबादविरुद्ध एक जना भारतीय र एक जना विदेशी खेलाडीलाई परिवर्तन गरेर हेटमेयर र प्रविन दुबेलाई ल्याइयो।  शून्यमा आउट भएका ओपनर पृथ्वी श र  महँगो बनेका बलर साम्सलाई निकालिएको थियो। उनीहरुको स्थानमा अलराउन्ड प्रदर्शन गर्न सक्ने हेटमेयर र स्पीन बलर प्रबिनलाई ल्याइयो। यसले हैदराबादविरुद्ध दिल्लीको टोलीमा तीन जना स्पीनर र तीन जना फास्ट बलर तथा दुई अलराउण्डरसहित सात जना ब्याट्सम्यान देखिएका थिए।

दुबे भारतीय स्पीनर हुनुले उनलाई टोलीमा स्थान बनाउन ठूलो सहयोग पुग्यो जब की उनले यो सिजन अघिल्लो खेलमा मात्र खेलेका थिए। उनले १६ टीट्वेन्टी खेलमा १६ विकेट मात्र लिएका छन्। यस हिसाबले उनीभन्दा सन्दीप निकै अनुभवी र सफल हुन्। तर चार जना मात्र विदेशी खेलाडीको कोटा र टिम ब्यालेन्सका कारण सन्दीप, दुबेभन्दा पनि पछाडि रहे।

यसै सिजन एकपटक कतिसम्म भएको थियो भने दिल्लीका विकेटकिपर रिसभ पन्त घाइते भएपछि अर्को खेलमा हेटमेयर बाहिरिनु परेको थियो। किनभने विकेटकिपरका रुपमा दोस्रो विकल्प एलेक्स कारे थिए र उनी टोलीमा छिर्दा त्यसअघि नियमित खेल्दै आएका विदेशी खेलाडीमध्ये एक जना बाहिरिनुपर्ने अवस्था बनेको थियो।

यसले सन्दीपले पक्कै बुझेका छन्- अब उनले आइपिएलजस्ता ठूला प्रतियोगितामा टोलीमा पर्न राम्रो ब्याटिङ गर्न र ठूला प्रहार गर्न सक्नुपर्छ। जब की उनले हालसम्म खेलेका ८८ टीट्वेन्टी खेलका २८ पालीमा जम्मा ६३ रन बनाएका छन्। पछिल्लो समय स्पीनरहरु रसिद खान, सुनिल नारिन, अक्सर पटेलले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा भरपर्दो ब्याट्स्यानको छवि पनि बनाउँदैछन्।

सन्दीपले विश्वभरका सबै ठूला व्यावसायिक क्रिकेट प्रतियोगिता खेले पनि उनी मात्र होइन विश्वका हरेक क्रिकेटरका लागि आइपिएलको विषेश महत्व छ। दुई वर्षअघि आइपिएलमै छानिएर उनले विश्वका ठूला प्रतियोगिताको ढोका खोलेका थिए।

आइपिएलमा आफ्नो पहिलो सिजन तीन खेलमा पाँच विकेट लिएका सन्दीपले गत सिजन पहिलो खेलमै अवसर पाएपनि केवल ६ खेल मात्र खेलेका थिए। त्यतिबेला उनले ८ विकेट हात पारेका थिए। २० वर्षको एउटा उम्दा खेलाडी प्रतिष्ठित प्रतियोगितामा सिजनभर टोलीबाहिर हुनुको पीडा र त्यसले पार्न सक्ने असरबारे सन्दीप जानकार छन्।

हैदराबादसँग दिल्ली भिड्नुभन्दा केही घण्टा अघि मात्र सन्दीपले सामाजिक सन्जालमा लेखेका थिए- जुन कुरा तपाईँको नियन्त्रणमा छैन, त्यसबारे धेरै सोच्न सक्नु हुन्न।

सायद उनी फेरि पनि टोलीमा नपरेकोबारे जानकार भइसकेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?