विवाद चर्किसकेपछि पहिले दुई अध्यक्षमात्रै बसेर छलफल गर्छु भन्न पाइन्नः झलनाथ खनाल

विवाद चर्किसकेपछि पहिले दुई अध्यक्षमात्रै बसेर छलफल गर्छु भन्न पाइन्नः झलनाथ खनाल
+
-

काठमाडौँ- नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विवाद चर्किएका बेला पहिले दुई अध्यक्ष बसेर छलफल र समझदारी गरेपछि महासचिवले केन्द्रीय सचिवालय बैठक बोलाउने कुनै नियम र पद्धति नभएको र त्यसरी बैठक गरिरहनु पर्ने जरुरी नभएको बताएका छन्।

उनले जसरी अहिले आफूहरुको अनुरोध अनुसार केन्द्रीय सचिवालय बैठक छल्ने अहिले ठूलो प्रयास भइरहेको र त्यो पार्टी हितबिपरित रहेको बताएका छन्।

पछिल्लो स्थायी कमिटी बैठकले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यधिकार स्पष्ट पार्ने सन्दर्भमा एक नम्बर बुँदामा ‘अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने। सम्बन्धित कमिटी बैठकमा कार्यसूची पेश गर्ने, पारित गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने’ भनिएको छ।

यसैलाई आधार बनाएर पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल र समझदारी गरेर मात्रै केन्द्रीय सचिवालय बैठक डाक्ने अडान लिएका छन्।

त्यसका लागि मनाउन महासचिव विष्णु पौडेललाई ‘दूत’का रुपमा सोमबार प्रचण्ड निवास खुमलटार पठाएका थिए।

तर नेता खनालले सोमबार देशसञ्चारलाई भने, ‘अहिले अघिपछि जस्तो सामान्य अवस्था होइन।पार्टीमा जटिल समस्या देखिसकेपछि त्यो सबै समस्या समाधानका लागि केन्द्रीय सचिवालय हुँदै स्थायी र केन्द्रीय कमिटी बैठकसम्म हामी पुग्नै पर्छ। त्यसको अर्को विकल्प छैन।’

नेता खनालसहित प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम गरी सचिवालयका पाँच जनाले दुई दिन अघि शनिबार ओलीलाई केन्द्रीय सचिवालय बैठकका लागि सहमत हुन अनुरोधसहित लिखित पत्र बुझाएका थिए।

उनीहरुले बैठकका लागि ४८ घण्टाको अल्टिमेटम समेत ओलीलाई दिएको बताएका थिए। अल्टिमेटम सोमबार सकिएको छ। अब के गर्ने भन्नेमा आन्तरिक छलफललाई खनालसहित असन्तुष्ट समूहले तिब्रता दिएको छ।

खनालले अब छिट्टै नै औपचारिकरुपमै केन्द्रीय सचिवालय बैठक हुने बताएका छन्।

औपचारिक केन्द्रीय सचिवालय बैठक डाके पार्टी फुटको घोषणा गर्ने धम्की ओलीले प्रचण्डलाई दिइसकेको अवस्थामा के गर्दा उपयुक्त हुन्छ भन्नेमा यो समूहले छलफललाई तिब्र बनाएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष